३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षेत्रीय अस्पतालमै छैन औषधिः के हेरेर बस्छ स्वास्थ्य मन्त्रालय ?

अ+ अ-

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा पति बाबुराम विकको उपचार गराउन आएकी पोखरा ३१ बेगनासकी सावित्री विकले उपचारपछि अस्पतालको फार्मेसीमा औषधि लिन जाँदा रित्तै हात फर्कनुपर्‍यो । स्वास्थ्य बिमासमेत गराएकी विकले पतिको मिर्गौलामा समस्या आएपछि हप्ताको २ पटक डायलासिस गराउन अस्पताल धाउँदै आएकी छन् । गत महिनादेखि अस्पतालको फार्मेसीमा औषधि नपाउँदा महँगोमा बाहिरबाट किन्नुपरेको उनले सुनाइन् । मिर्गौला डायलासिसको औषधि महँगो हुने भएकाले समस्या परेको उनको गुनासो छ ।

सिरहा घर भई पोखराको नयाँ बजारमा बस्दै आएका हरिश चौधरीले उपचारपछि अस्पतालको फर्मेसीमा औषधिका लागि लाइनमा बसे पनि ज्वरोको औषधि ‘सिलास’समेत पाएनन् । स्वास्थ्य बिमा गरेका र गरिब तथा विपन्न परिवारलाई अस्पतालमा औषधि नहुँदा प्रत्यक्ष असर परेको छ । ‘हुने खानेले त बाहिरको फार्मेसीबाट किनेर पनि उपचार गर्न सक्छन्, हामीलाई मर्का पर्‍यो’, चौधरीले दुखेसो पोखे ।

अस्पतालमा १३ सय प्रकारका औषधि पाइनुपर्ने हो । स्वास्थ्य बिमाका मात्र अस्पतालमा ११ सय १८ प्रकारका औषधि हुनुपर्ने भए पनि अधिकांश औषधि चैतदेखि सकिएको अस्पतालका कर्मचारी बताउँछन् । अस्पतालको फार्मेसीमा औषधि सकिएकाले स्वास्थ्य बिमा गराएका र विपन्न परिवारका बिरामीको २ महिनादेखि दैनिक दुःखेसो सुन्दै आउनुपरेको सामाजिक सेवा युनिटका कर्मचारीको भनाइ छ ।

पश्चिमाञ्चलको सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरामा दैनिक १ हजार बिरामीले स्वास्थ्य सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ । यो अस्पताल ३ सय ५० शड्ढयाको हो ।

अस्पतालमा पश्चिमाञ्चल क्षेत्रका धेरै जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । यति ठूलो अस्पतालको फार्मेसीमा आपूर्तिकर्ताका कारण देखाएर महिनौंदेखि औषधि अभाव हुनु दुःखद रहेको अस्पतालका कर्मचारी सुनाउँछन् ।

अस्पताल परिसरमा साझाको फार्मेसी रहेकाले साझाबाट पछि उपलब्ध गराउने गरी औषधिको व्यवस्था गर्नुपर्ने र समयमै औषधि उपलब्ध नगराउने सप्लायरलाई कारबाही गर्नुपर्ने कर्मचारीको भनाइ छ । दैनिक करिब १ हजार जना बिरामीले उपचार सेवा लिने अस्पतालको फार्मेसीमा भएको औषधि अभावले हजारौं मारमा परेका छन् ।

चैतको दोस्रो सातादेखि अस्पतालको फार्मेसीमा केही औषधि अभाव रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक डा। अर्जुन आचार्यले बताए । औषधि आपूर्तिकताले औषधि ल्याउन ढिलाइ गरेकाले यस्तो अवस्था आएको तर छिट्टै समस्या समाधान हुने उनले बताए । बिरामीले पहिले जुन औषधि प्रयोग गरिरहेको हो त्यही नामको औषधि खोज्ने भएकाले पनि बढी अभाव देखिएको उनको भनाइ छ । यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस