३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ महिला निष्काशितः सुरक्षाकर्मीको टोली काठमाडौंमा

अ+ अ-

काठमाडौ । चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो ।

अध्यामगन विभागले ती महिलाको भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो । गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइन् ।

चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनियाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो । तर, राहदानी रद्द हुनुअगावै ती महिला पर्यटक भिसामा नेपाल प्रवेश गरेको देखिएको छ ।

चीनको आनहुई प्रान्तको पब्लिक सेक्युरिटिज ब्युरोले ती महिलाले गम्भीर प्रकृतिको वित्तीय अपराध गरेको भन्दै खोजी गरिरहेको थियो । अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले ती महिलालाई निष्काशन गर्ने निर्णय भएको बताए । निर्देशक निरौलाले भने, ‘भिसा नियमित गरी उनलाई चीन प्रस्थान गराउने निर्णय भएको छ ।’

झाङ नेपालमा लुकीछिपी बसेको थाहा पाएपछि नेपालस्थित चिनियाँ दूतावासले उनले प्रयोग गर्ने चिनियाँ राहदानीसमेत रद्द गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई पत्र लेखी ती महिलाबारे जानकारी गराएको थियो ।

राहदानी रद्द गरेपछि उनलाई फिर्ता लैजान चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको छ । सन् २०१७ देखि उनी नेपालमा पर्यटक भिसामा बस्दै आएकी थिइन् । उनलाई प्रहरीले वैशाख १२ गते अध्यागमन विभागमा बुझाएको थियो ।

यसअघि चिनियाँ प्रहरीले समेत नेपाल प्रहरी र अध्यागमन विभागलाई ती महिला नेपालमा लुकीछिपी बसेको हुन सक्ने सूचना दिएको थियो । उनी पक्राउ परेको थाहा पाएपछि उनलाई लिन चिनियाँ सुरक्षाकर्मीहरूको टोली काठमाडौं आएको चिनियाँ दूतावास स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस