३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक स्कुलमा पनि निजीजस्तै शुल्क

अ+ अ-

विराटनगर/दमक । सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा अध्यापन गराउने बहानामा अभिभावकसँग निजी (बोर्डिङ) स्कुलकै जस्तो महँगो शुल्क लिइरहेका छन्।

सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरे पनि सामुदायिक विद्यालयले निजीलाई नै उछिन्ने गरी विद्यार्थीसँग भर्ना र मासिक शुल्क उठाइरहँदा सरकारी निकाय मुकदर्शक बनेको छ।

विराटनगरको आदर्श विद्यालयमा अंग्रेजी माध्यममा कक्षा ८ र ९ मा भर्ना हुने विद्यार्थीले १३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्छ। दुवै कक्षामा २ सय ८० विद्यार्थी छन्। यस वर्षदेखि निःशुल्क घोषणा गरिएको कक्षा १(८ का विद्यार्थीका अभिभावकले १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म शुल्क बुझाउनुपर्छ। विद्यालयका प्राचार्य दुर्गाप्रसाद चुडाल भन्छन्, ‘पानी–बत्तीको महसुल बुझाउन र निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यार्थीसँग पैसा नलिई पुग्दै पुग्दैन।’

उनले निजी स्रोतका शिक्षकलाई पनि सरकारी स्केलअनुसार नै तलब दिइएको दाबी गरे। आदर्श विद्यालय राणाकालमा गरिबका छोराछोरीले पढ्न पाउन भनेर बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइलाले १९८६ सालमा स्थापना गरेका थिए।

प्राचार्य चुडाल सरकारले अंग्रेजी माध्यममा अध्यापनको सम्पूर्ण खर्च व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दीजस्ता सुविधा दिने हो भने अभिभावकसँग शुल्क लिन नपर्ने जिकिर गर्दै भन्छन्, ‘हामीले प्रयास नगरेको भए बोर्डिङका विद्यार्थी कसरी सामुदायिकतिर ग्वारग्वार्ती आउँथे र यसको साख फेरि जाग्थ्यो ? ’ सामुदायिक विद्यालय पनि अब्बल रहेको उदाहरण दिन आफूहरूले सकारात्मक काम गरेको बताए। विद्यालयले यसपल्ट नेपाली र अंग्रेजी माध्यममा पढ्न चैत २८ गते प्रवेश परीक्षा लिएर ४ सय नयाँ विद्यार्थी भर्ना गरिरहेको छ।

विराटनगरको पोखरिया उच्च माविमा बुधबार कक्षा ९ मा भर्ना हुन गएका सप्तरी भारदहका विद्यार्थी विनोद मेहताले शुल्कबापत १५ हजार रुपैयाँ बुझाए। भारदहको बोर्डिङ एसकेभीएममा कक्षा ८ सम्म अध्ययन गरी उनी विराटनगर आएका हुन्। उनले भने, ‘बोर्डिङभन्दा राम्रो पढाइ हुन्छ भन्ने सुनेर प्रवेश परीक्षा दिएको थिएँ, उत्तीर्ण पनि भएँ काकाका छोरालाई साथै लिएर भर्ना हुन आएँ।’ उनले बोर्डिङमा १६ हजार शुल्क तिरेको बताए। उनका भाइ अमर पनि पोखरियामा भर्ना भए।

विद्यालयको अंग्रेजी माध्यमका शिक्षक महेश गौतमले भौतिक पूर्वाधार निर्माणदेखि अंग्रेजीमा पढाउने शिक्षकलाई तलब खुवाउनकै लागि अभिभावकले स्वेच्छाले दिएको शुल्क लिने गरिएको दाबी गरे। उनले भने, ‘हामीले पाँच वर्षदेखि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरिरहेका छौं। अंग्रेजी माध्यममा हाम्रो पढाइ बोर्डिङभन्दा राम्रो छ। यही विश्वासले टाढाटाढाबाट विद्यार्थी आइरहेका छन्।’

पोखरियाले यो वर्ष कक्षा ९ सम्म दुईपल्ट लिइएको प्रवेश परीक्षामा ८ सय विद्यार्थी सामेल थिए। गौतमले नाफा कमाउन नभएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रयास गरेको र यति गर्दा पनि विद्यालय ‘बे्रकइभन’मा मात्र रहेको दाबी गरे। विराटनगरमा ग्रोगाहा, सत्यनारायण र सरस्वतीले सशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्। यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस