३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंचाई विभागमा दिनहुँ चल्छ जुवाः कार्यालय पोसाकमै बाजी !

अ+ अ-

काठमाडौं । जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन्। कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो।

भूगर्भशास्त्री प्राध्यापकहरूले भूकम्पको विश्व इतिहास, जापान, चीनलगायत भूकम्पीय जोखिम मुलुकले अपनाएका सावधानीलगायत विषयमा प्रस्तुति दिइरहेका थिए। त्यही बेला भवनको अर्को कोठामा भने फरकखाले जमघट थियो।

कर्मचारीहरू दिउँसै खाल थापेर तास खेलिरहेका थिए। कोठाको दक्षिणपट्टि पाँच र उत्तरपट्टि नौ जना थिए। सुरुमा हजारको नोट राखेर चार जना तासमा बाजी मारिरहेका थिए। छिनमै एक जना थपिए। तीन कर्मचारी त कार्यालय पोशाकमै थिए।

एकछिनपछि त्यही कोठामा एक जना कर्मचारी चुरोट तान्दै आए। पर्सबाट पैसा निकाले, अनि तासको खालमा बसे। अनि भने, ‘हिजोअस्ति पैसा हारेको हारै भयो। आज जित्ने पालो मेरो।’ उनीहरू बेला बेलामा अश्लिल शब्द पनि प्रयोग गर्थे।

हिसाब नमिल्दो हो कहिलेकहिं ठुल्ठुलो स्वरले कराउँथे। त्यतिकैमा एक जना कोट लगाएका कर्मचारी तास खेलिरहेको कोठामा आए। उनले पनि बाजी थापेर खेलेका थिए।

एक जना कर्मचारीले फोन आएको छ भनेर तास खेलिरहेकालाई मोबाइल दिए। त्यसपछि मोबाइल लिने ति कर्मचारीले तास खेलिरहेका साथीहरूलाई इसारामा चुप लाग्न भने। अनि थपे, ‘तपाई कहाँ हुनुहुन्छ। म गाडी लिएर आउछु भनी फोन राखे।’

त्यसपछि पुनःतास खेल्नमै व्यस्त भए। बेला बेलामा फोन बजिरहन्थ्यो। कसैलाई मतलव थिएन। सबै खेल्न व्यस्त थिए। एक जना कर्मचारीसँग तास खेलेको बारेमा बुझ्दा कार्यालय भवनमा प्रायः तास चलिरहने सुनाए। उनले थपे, ‘दिनहुँजसो खेल चल्छ।’

जुवा ऐन अनुसार कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न पाइँदैन। आफ्नो भोगचलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्न वा खेलाउने काममा र जुवा खेलेको ठाउँमा बस्न नहुने कानुनी व्यवस्था छ।

सिंचाइ विभागका उपमहानिर्देशक दानरत्न शाक्यले तास खेल्ने कर्मचारीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गरिने बताए। ‘कार्यालयमा तास खेलेर अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही हुन्छ’ उनले भने, ‘विभागमा यस्तो विकृति हटाइनेछ।’ यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस