३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालको पचास रोपनी जग्गा हडप्न नगर प्रमुखको चलखेल

अ+ अ-

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १ सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज नेकको नाममा गराउन चलखेल भएको छ।

सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमपप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनियत गरिएको छ।

नेकले भोगचलन गरेको अस्पतालको जग्गा कलेजलाई दिलाउन नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो। नेकको १८० औं बैठकलले नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनित गरेको देखिन्छ।

त्यसपछि नेकको १४८ औं बैठकले नगरप्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ। वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझै गायब भएको जग्गा खोज्न सहयोग गर्नुको साटो कलेजले भोगचलन गरेको जमिन दिलाउन नगरप्रमुख आफै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन्।

‘हाम्रो जमिन हराएको छ। जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरको सुन्दा लाजमर्दो देखिएको छ’ उपकुलपति गुरुङले भने। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस