३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–चीन सहकार्यका पाँच क्षेत्र

अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन् ।

दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएको खबर आजको अन्नपुर्ण पोष्टमा छ । बिहीबार चाइना रिफर्म फोरमले बेइजिङमा ‘२१ औं शताब्दीमा नेपाल–चीन सम्बन्ध’बारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै देशको विकासका लागि सहकार्य गर्नुपर्ने पाँच क्षेत्र सुझाए । उनले भने, ‘दुवै देशले अब सामूहिक सहकार्यका क्षेत्र पहिचान गरेर काम गर्नु आवश्यक छ ।’

मन्त्री ज्ञवालीले यातायात र कनेक्टिभिटी, कृषि, उद्योग र प्रविधि हस्तान्तरण, मानवीय सम्भावना, प्राकृतिक स्रोत र वातावरणका साथै व्यापार र लगानीमा दुवै देशले सहकार्य गर्नुपर्ने खाँचो औंल्याए ।

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सहज पहुँचका लागि यातायातमा जोड दिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग पूर्वाधार अभावका कारण व्यापार, उद्योग र जनता(जनताबीचको सम्बन्धमा कठिनाइ भएको महसुस नेपालले गरेको हो । त्यसैले नेपाल रेल, सडक, ऊर्जा, दूरसञ्चार, हवाईमार्गबाट चीन हुँदै अन्तर्राष्ट्रिय जगतसँग जोडिन चाहन्छ ।’ उनले चीनसँगको सहज यातायात पहुँचले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउँदै हिमालय वारपार बहुआयामिक यातायात सञ्जालमा दुवै देशबीच सहमति भएको बताए ।

ज्ञवालीले नेपालको दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहे पनि कृषिमा परनिर्भरता रहेको बताए । उनले कृषिसम्बन्धी चिनियाँ प्रविधि र अनुभव नेपालका लागि महत्वपूर्ण हुने उल्लेख गरे । यस्तै, नेपालका करिब तीन करोड जनताले आफ्नै जीवनकालमा समृद्धिको सपना देखेको उनले बताए, ‘नेपालमा आधाभन्दा बढी युवा संख्या छ । तिनको परिचालनमार्पmत देशलाई समृद्धितर्फ लैजान सकिन्छ ।’

१. यातायात र कनेक्टिभिटी
२. कृषि, उद्योग र प्रविधि,
३. मानवीय सम्भावना
४. प्राकृतिक स्रोत र वातावरण
५. लगानी र व्यापार

नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता भए पनि अहिलेसम्म यसको एक प्रतिशतमात्र उत्पादन गर्न सकिएको जनाउँदै मन्त्री ज्ञवालीले जलस्रोतमा चिनियाँ लगानीका लागि आग्रह गरे ।

यस्तै, नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेल र जडीबुटीका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्न सकिनेमा जोड दिए । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ९बीआरआई०मार्फत पनि दुई देशबीच लगानीका विभिन्न क्षेत्रहरू उदाउने मन्त्री ज्ञवालीले उल्लेख गरे । उनले भने, ‘नेपालमा लगानी वातावरण छ र आर्थिक उदारीकरणको नीति हामीले अख्तियार गरेका छौं ।’ उनले अगाडि थपे, ‘व्यापार विकासको इन्जिन हो र लगानी इन्जिनको मोटर ।’

प्रतिक्रिया दिनुहोस