२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाको दायरा फराकिलो हुँदै गएको छ –प्रधान सेनापति क्षत्री

अ+ अ-

काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले सुरक्षाको दायरा फराकिलो हुँदै गएको बताएका छन् ।

विविध कारणहरुले  थुप्रै चुनौतीहरु देखा परिरहेको अवस्थामा हालको सुरक्षा वातावरण परिवर्तनशिल, अनिश्चित, जटिल तथा अस्पष्ट रहेको बताउँदै प्रधान सेनापति क्षत्रीले परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई सैनिक शक्तिसँग जोडेर हेर्ने गरिएकोमा हाल आएर राष्ट्रिय सुरक्षाको दायरा बृहत हुन गई यसले मानव सुरक्षा, खाद्य सुरक्षा, उर्जा सुरक्षा, वातावरण सुरक्षा जस्ता विषयहरुलाई समेटेको समेत उल्लेख गरेका छन् ।

शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित तेस्रो उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन मन्तव्यका क्रममा सेनापति क्षेत्रीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधान सेनापति क्षत्रीले यस तालिमले राष्ट्रिय सुरक्षाको संयन्त्रहरुलाई सहकार्यको लागि प्रोत्साहन गरी आपसी विश्वास, एक ढिक्कापन तथा सामुहिक उदेश्यको भावना जागृत गराई राष्ट्रिय सुरक्षाका विषयमा एकीकृत रुपले अगाडी बढ्न योगदान पुग्ने विश्वास गर्नुको साथै राष्ट्रिय सुरक्षाका विविध पक्षमा विस्तृत जानकारी हासिल हुन गई यसबाट राष्ट्रिय स्वार्थ तथा राष्ट्रिय विकासका सम्बन्धमा विभिन्न मन्त्रालयहरु तथा विभागहरु बीच आपसी सहयोग र सहकार्य गर्न मद्दत पुग्ने समेत वताएका छन् ।

कार्यक्रममा रक्षा सचिव विनोद के.सी.ले आफ्नो मन्तव्य राखेका थिए भने सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी प्रल्हाद थापाले स्वागत मन्तव्य राखेका थिए ।

फागुन ३० गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका रथीवृन्द तथा अधिकृतहरु गरी २५ जना सहभागी रहेका छन् ।

कार्यक्रमको समुद्घाटन समारोहमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाल सरकार तथा अन्य सुरक्षा अङ्गका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

तालिम रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनमा संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस