काठमाडौं । नेपाल प्रहरीले पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाललाई पक्राउ गर्न सातवटै प्रदेशमा सर्कुलर जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेशमा गरेको सर्कुलरमा ललितपुरका नवराज सिलवालाई खोजतलास गरी फेला पारेमा काठमाडौंमा बुझाउन निर्देशन दिइएको हो ।
मलेसियामा हुने एक कार्यक्रममा भाग लिन भन्दै केहीसाता अघि त्यसतर्फ प्रस्थान गरेका सिलवाल नेपाल फर्किएका छैनन् ।
कार्य सम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा सिलवालसँग सोधपुछका लागि प्रहरीले खोजी जारी राखेको छ ।
अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई गत १८ गते पत्र काटेको थियो। तर ललितपुरले सिलवाल नभेटिएको भन्दै जवाफ दिएपछि प्रहरीले सवै प्रहरी कार्यालयमा पत्रचार गरेको हो।