१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत हुँदै दुबई पुगेका ३५ नेपाली महिला फिर्ता

अ+ अ-

काठमाडौँ । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ ।

फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट आज दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिए ।

उनीहरुलाई सोमबार साँझ फिर्ता गरिएपछि आज १२ जना दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । बाँकी २३ जना महिला अझै दुबईमै रहेको र फिर्ता हुने टिकट नहुँदा अलपत्र अवस्थामा रहेका छन् ।

महानिर्देशक गेलालले भने– ‘‘अहिले फिर्ता भएका आफ्नै पैसाले टिकट काटेर फर्किएको बताएका छन्, अरु टिकट काट्ने पैसा नहुँदा दुबईमै रहेको विवरण आएको छ ।’’

उनीहरु पर्यटक प्रवेशाज्ञामा गएको अनुसन्धानको क्रममा देखिएको छ । पर्यटक प्रवेशाज्ञामा जानेहरुले जाँदा नै आफूसाथमा आउने टिकट पनि साथै लिएर जानुपर्नेमा उनीहरुको साथमा त्यस्तो टिकट नरहेको भेटिएको छ ।

फर्किएकाले दिएको प्रारम्भिक वयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट दुबई जाँदा उनीहरुले आफू दुबई हुँदै अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका छन् ।

विभागका महानिर्देशक गेलालले उनीहरुलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको जानकारी दिए । पक्राउ परेकाले दिएको विवरणको आधारमा उनीहरुलाई त्यसरी अवैध बाटोबाट कुँवेत लैजाने गिरोहबारे अनुसन्धान भइरहेको उनले बताए । त्यसरी जानेमा विभिन्न जिल्लाका रहेका छन् ।

उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।

पर्यटक प्रवेशाज्ञामा जान लागेका उनीहरुको साथमा जाने टिकट भए पनि आउने टिकट नभेटिएपछि उनीहरुलाई फिर्ता गरिएको थियो ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरुमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।

र यो पनि

दुबई पुर्याइएका ४४ नेपाली महिलाबारे सिआइबीले अनुसन्धान सुरु गर्यो

प्रतिक्रिया दिनुहोस