१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षोपयोगी विशेष श्रृंखला १६

अ+ अ-

आशा लाग्ने दुई प्रसंग

प्रसंग १. नेपालको विकास निकै निम्छरो भयो भन्ने आवाज आइरहेका बेला आशाका किरणहरु पनि देखिएका छन् । साक्षरता प्रतिशत र औसत आयुमा निकै सुधार भएको छ । महिलाको अवस्थामा निकै सुधार आएको छ । आर्थिक क्षेत्रको कुरा गर्दा कुखुराको मासु, दुध, तरकारी, सिमेन्ट, छाला जुत्तामा आत्मनिर्भरताको नजिक रहेको सुखद अवस्था पनि छ । त्यस्तै राजमार्ग, सभाहल, जलविद्युत योजना, अपार्टमेन्टहरु स्वेदशी जनशक्तिकै सुपरीवेक्षणमा बन्दैछन् ।

प्रसंग २. क्रिकेट, फूटवल का खेलाडी, वैज्ञानिक (अन्वेषक, प्राविधिक, समाजशास्त्री, पूर्वीय सभ्यताका साधक, कवि कलाकार) लगायतका देशकै नाम चम्काउने प्रतिभाको संख्या पनि बढेर गएको छ । उदाहरणीय काम गरेर देखाउने केही अगुवा “Trendsetter” को नाम लिनुपर्दा शिक्षा क्षेत्रमा डा. सुरेशराज शर्मा, चिकित्सकमा भगवान कोइराला र गोविन्द के सी, पत्रकारितामा भैरव रिसाल, ग्रामीण सञ्चार प्रविधिमा महावीर पुन व्यवस्थापनमा कुलमान घिसिङलाई सवैले सम्झन्छौँ । अनुकरणीय काम गरेका तर चर्चामा आउन नसकेका नेपालप्रेमीलाई चिन्न चिनाउनु आवश्यक छ ।

वस्तुगत प्रश्नहरु 

१. सम्पत्ति शुद्धिकरण सम्वन्धी मुद्दामा हदम्याद कति दिन तोकिएको छ ?

२. हेलम्वुका बासिन्दालाई ह्योल्मो भनेझै काइके जाति कुन स्थानमा बसोबास गर्दछन् ?

३. फूटवल खेलमा रेफ्रिले मैदान प्रवेश गर्दा ८ चिज लिएर जान्छ । ती ८ चिजमध्ये तलको कुन होइन ?

९. क) सिठी           ख) डोरी            ग) सिक्का                 घ) कार्ड

४. गरिव मुलुक जसमा कमजोर सरकार छ र वैदेसिक मुद्रामा भर पर्दछ लाई के नाम दिइएको छ ?

५. १७ बटा गाईलाई १र२, १र३ र १र९ गरेर ३ भाईलाई बाँडेको खण्डमा कति कतिवटा पर्दछ ?

सही उत्तरहरु

१. हदम्याद नहुने
२. उपल्लो डोल्पा
३. ख) डोरी   ४. Banana Republic
५. क्रमशः ९, ६ र २ (x/2+x/3+x/9= 17 बाट हल गर्ने)

छोटो प्रश्नोत्तर

१. नेपालमा योजनावद्ध विकासको क्रममा हाल रहेका विकासका चुनौतिहरु के के हुन् ?

योजनावद्ध विकासको ६० वर्षे इतिहासमा विभिन्न खालका उतारचढाव पार गर्दै गर्दा हाल चौधौँ योजनाको पूर्ण खाका तयार भएको छ । अन्तराष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय परिवेशले सिर्जना गरेका चुनौतिहरुको संख्या पनि कम छैन । हाल नेपालको विकासका सामु रहेका प्रमुख चुनौतिहरु यसप्रकार रहेका छन्

• उच्च आर्थिक वृद्धि हाँसिल गर्दै अर्थतन्त्रलाई स्वाधीन, सबल र दिगो तुल्याउने ।

• सन् २०२२ सम्म विकासोन्मुख मुलुक र सन् २०३० सम्म मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउने ।

• सन् २०३० सम्म हाँसिल गर्नेगरी सन् २०१५ सेप्टेम्वरमा घोषित १७ वटा Sustainable Development Goals हाँसिल गर्ने ।

• सबैका लागि सधैका लागि रोजगारीका अवसर बढाई गरिवी निवारण गर्ने ।

• समाजमा व्याप्त आर्थिक सामाजित असमानता कम गर्ने ।

• विपद संवेदनशील र समावेशी विकास गर्ने । विकास प्रयासलाई जलवायु परिवर्तन अनुकूल बनाउने ।

• जानसांख्यिक लाभ र शान्ति स्थापनाको लाभ (Peace Dividend) को अधिकतम उपयोग गर्ने ।

• उपलव्ध विकासका सरोकारवाला र पात्रहरुवीच सहकार्य गर्ने । विकासका लागि दातृ निकायलगायतबाट प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने ।

२. Nepal Trade Integration Strategy, 2016 अनुसार सूचिकृत गरिएका संभाव्य वस्तु तथा सेवा कुन कुन हुन् ?

नेपाल सरकार, वाणिज्य मन्त्रालयले गत वर्ष तयार पारेको Nepal Trade Integration Strategy (NTIS), ले साविकमा रहेका १९ वटा वस्तु तथा सेवाको संख्या घटाएर १२ मा झारेको छ । तेश्रो पुस्ताको व्यापार आवद्धता रणनीति पनि भनिने यस दस्तावेजले निर्यात क्षमता ९८०० र दिगो तथा समावेशी विकास ९२०० गरी कूल १०० अंकभारका आधारमा बढी अंक प्राप्त गरेको आधारमा व्यापार सम्भाव्य भनी समावेश गरेका वस्तु तथा सेवाहरु यसप्रकार छन् ।

• कृषि उत्पादन स् अलैची, अदुवा, चिया र औषधीजन्य जडिवुटी गरी ४ वस्तु

• औधोगिक उत्पादनस् कपडा, छाला, गलैचा, जुत्ता र पस्मिना गरी ४ वस्तु

• सेवाहरु स् दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी ३ सेवा

नोट: For detail information about NTIS, please visit www.moc.gov.np

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि १५सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

प्रतिक्रिया दिनुहोस