थप पाँच सचिवको सरुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

थप पाँच सचिवको सरुवा


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन सचिवहरूको सरुवा गरेको हो। 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने खेलकुदका डा.दामोदर रेग्मीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ । 

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव(कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटाको प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी नै छ भने अन्य सचिवहरूले भने पत्रसमेत बुझी कतिपय हाजिरसमेत भई सकेका छन् । 

केही दिनअघि मात्रै सरकारले गृहसचिवसहित ७ सचिवको सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : थप दुईसहित ७ सचिवको सरुवा, पत्र तयार

पछिल्लो समय सचिव सरुवा बिरालाको चल्ला सराई जस्तो यता र उता भइरहेको छ । सामान्यतया: विषय विज्ञ, ज्ञान, अनुभव तथा नेतृत्वदायी क्षमता मापनका आधारमा ‘क्याडर बेस’मा हुनुपर्नेमा ‘बाहेक’तर्फ बहकिएसँगै सरुवाको विषयलाई लिएर निजामती भित्र केही आलोचना र कानेखुसी हुन थालेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस