संसद् अधिवेशनमा आउने अप्ठ्यारा हल गर्न सबैले भूमिका खेल्न सभामुखको आग्रह « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

संसद् अधिवेशनमा आउने अप्ठ्यारा हल गर्न सबैले भूमिका खेल्न सभामुखको आग्रह


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संघीय संसद्को आगामी अधिवेशनमा आउने अप्ठ्यारा समाधान गर्नका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन् ।

संघीय संसद्को तेस्रो अधिवेशन प्रमुख प्रतिपक्षी काँग्रेसको अवरोधका बीच अन्त्य भएको अवस्थामा आगामी अधिवेशन कसरी चल्छ भन्नेमा आशंका रहेको छ ।

सभामुख घिमिरेले आगामी अधिवेशनमा आउन सक्ने अप्ठ्यारा समाधान गर्न सबैले भूमिका खेल्नुपर्ने धारणा राखे । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समिति सभापतिहरू र राष्ट्रिय दलको मान्यताप्राप्त पार्टीका प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरूसँगको छलफलपछि सभामुखले आगामी अधिवेशनका समस्या समाधानका लागि आवश्यक परेमा शीर्ष नेताहरूसँग छलफल गर्ने बताए ।

‘आज पनि मैले के आह्वान गरेको छु भने हाम्रो तयारी गरौँ, अधिवेशनमा आउने अप्ठ्याराहरूलाई हल गर्नको लागि सबैले भूमिका निर्वाह गरौँ, ’उनले भने, ’संसद् बोलाएपछि विषय अन्तर्गत सदन अगाडि बढ्नुपर्छ । आवश्यक पर्‍यो भने स्वाभाविक शीर्ष तहमा संयुक्त वा अलग अलग बैठक गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस