कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ नेम्वाङ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ नेम्वाङ


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा इलाम-२ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अफवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् ।

इलाममा आयोजित विजय सभामार्फत मतदातालाई धन्यवाद दिँदै सांसद नेम्वाङले पहिचानको राजनीतिबारे स्वर्गीय बुवा सुवास नेम्वाङकै शैलीमा आफ्नो धारणा राखेका हुन् । अध्यक्ष केपी शर्मा ओलीभन्दा अगाडिको वक्ताका रूपमा उभिएका सुहाङले पहिचानको नाममा भ्रामक अफवाह फैलाउन नहुने भन्दै सबै मिलेको इन्द्रेणी समाजको व्याख्या गरे ।

उनले भने, ‘एउटा छुटाउन नहुने कुरा मैले इन्द्रेणी समाजको कुरा गर्दै आएको छु । यो सबै जाति समुदाय मिलेर बसेको समाजमा इन्द्रेणीको सातवटा रङ्ग कति राम्रो सुन्दर देखिन्छ । त्यस्तै हामी पनि आज यहाँ सबै जातजातिको अभिभावक, मित्रहरू छौँ सबै मिलेर एक अर्कालाई साथ दिन उभिएका छौँ । विकास निर्माणको अभियानमा हामी एकजुट भएर अघि बढेको देख्छ एकदमै खुसी लागेको छ । त्यसैले अग्रज अभिभावक र मेरा मित्रहरूमा म आग्रह गर्न भ्रामक अफवाहमा नलागौँ । कुनै विषयमा मत भिन्नता छ भने संवादबाट हल हुन्छ । यदि कसैको हक अधिकार खोसिएको छ भने म मेरो ल फर्मबाट निःशुल्क मुद्दा लडिदिन्छु ।‘

Tags :
प्रतिक्रिया दिनुहोस