इलाम पुगेर ओलीले भने-प्रदेशको नामकरण पहिचानको विषय होइन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

इलाम पुगेर ओलीले भने-प्रदेशको नामकरण पहिचानको विषय होइन


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले जात र थरलाई पहिचान बनाउन नहुनेमा जोड दिए ।

इलाम २ मा पार्टीले जित हासिल गरेपछि आयोजित विजय सभामा भाषणमा उनले पहिचानको विषयमा खुलेर बोलेका हुन् ।

ओलीले भने, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौँ भने विद्वान नेपाली, पाएनौँ भने बुद्धु नेपाली । कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौँ भने कोही सफल हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौँ थुङ्गा फुलका एउटै माला हौँ । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’

Tags :
प्रतिक्रिया दिनुहोस