मुख्यमन्त्री अल्पमतमा पर्दैमा कुर्सी छाडेर हिँड्ने त ? भन्दै कोशी काँग्रेसको प्रश्न « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री अल्पमतमा पर्दैमा कुर्सी छाडेर हिँड्ने त ? भन्दै कोशी काँग्रेसको प्रश्न


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको तर यत्तिकैमा कुर्सी छाडेर हिँड्न नमिल्ने बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार छाड्ने पनि विधिसम्मत प्रक्रिया रहेको बताए । ‘हामी अल्पमतमा छौँ, त्यो कुरा स्वीकार गर्छौँ, तर अल्पमतमा छौँ भनेर अहिले नै कुर्सी छाडेर हिँड्ने त ?, त्यसको पनि एउटा प्रक्रिया हुन्छ’, उनले भने ।

कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई पदमुक्त गर्ने उद्देश्यले कोशी प्रदेशसभामा सङ्कल्प प्रस्ताव पनि दर्ता गराएका छन् ।

काँग्रेस नेता थापाले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने कुरा मुख्यमन्त्रीको विवेकमा भर पर्ने बताए । काँग्रेसले कोशीमा यही सरकार टिकाउन अधिकतम पहल गर्ने थापाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस