संसदको वर्षे अधिवेशन वैशाख अन्तिम सातादेखि सुरु हुने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

संसदको वर्षे अधिवेशन वैशाख अन्तिम सातादेखि सुरु हुने


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । संघीय संसदको वर्षे अधिवेशन वैशाख अन्तिम साता सुरु हुने भएको छ । एक मन्त्रीका अनुसार २५ वा २६ वैशाखमा अधिवेशन सुरु गर्ने तयारी छ ।

वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत लिइन्छ । सरकारले प्रत्येक वर्ष १५ जेठमा संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्छ ।

संघीय संसदमा यसवर्ष चैत महिनामै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइसकेको छ । अब वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित गरेपछि सरकारले बजेट ल्याउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस