आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री ‘प्रचण्ड’


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

 शहिद स्मारक लैनचौरमा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’

उनले शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहीदहरू प्रति स्मरण र सम्मान गरे । 

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घ जीवनको कामना गर्दछु ।’ प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस