बलात्कार आरोप लागेका कृषि विकाशका कर्मचारी र नगर प्रहरीलाई थुनामा राख्न आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बलात्कार आरोप लागेका कृषि विकाशका कर्मचारी र नगर प्रहरीलाई थुनामा राख्न आदेश


३ माघ २०८०, बुधबार


काठमाडौँ । मुगुमा १४ वर्षीय बालिका सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद थप गरेको छ। सो आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।

तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला अदालतका वैतनिक वकिल कुवेरजङ्ग शाहीले जानकारी दिए । दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिएको थियो ।

घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय १४ वर्षीय बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार : १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन्।

अन्य तीन जना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस