सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने


१३ पुस २०८०, शुक्रबार


Sundeep_lamichhane

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस