प्रमाणसहित अदालतमा उपस्थित हुन सिधा कुरालाई सर्वोच्चको आदेश « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रमाणसहित अदालतमा उपस्थित हुन सिधा कुरालाई सर्वोच्चको आदेश


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रकाशित गरेको एक समाचारको विषयलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा वयानका लागि उपस्थिति हुन आदेश दिएको छ । 

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने आदेश दिएको हो।

चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा ‘डिसमिस’ गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’ शीर्षकमा यही १४ वैशाखमा सिधा कुरा डटकमले समाचार प्रकाशन गरेको थियो। 

अदालतले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको ठहर गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस