सकियो तेस्रो लगानी सम्मेलन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सकियो तेस्रो लगानी सम्मेलन


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ ।

सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताएका छन् ।

यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ ।

कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डले जनाएको छ । 

आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए ।

सम्मेलनका दौरान विभिन्न स्वदेशी कम्पनीहरूले विदेशी लगानी भित्र्याउन सम्झौता तथा समझदारीहरू गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस