नवनियुक्त २ जना सचिवहरूको शपथ आज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नवनियुक्त २ जना सचिवहरूको शपथ आज


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका सचिवद्वय पदमप्रसाद पाण्डे र डा. सुरेन्द्र अर्यालले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरूले शपथ लिने भएका हुन् । बिहान १०ः १५ बजे उक्त शपथ समारोह कृषि समितिको हल, सिंहदरवारमा हुने तय भएको छ ।

उनीहरूको नियुक्ति गत वैशाख २१ गते भएको थियो । सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार : संघीय संसद्‌मा २ जना सचिव सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस