संघीय संसद्‌मा २ जना सचिव सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघीय संसद्‌मा २ जना सचिव सिफारिस


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभा २ जना सचिव सिफारिस भएका छन् ।

प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल सिफारिस भएका हुन् ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाका सचिव कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष सिफारिस गरेका छन् ।

सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस