एसपी तिम्सिनाको राजीनामा स्वीकृत « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

एसपी तिम्सिनाको राजीनामा स्वीकृत


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस नभएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका तिम्सिनाको राजीनामा स्वीकृत गृह मन्त्रालयले बुधबार स्वीकृत गरेको हो । 

इन्स्पेक्टर भर्नामा आफू पहिलो नम्बरमा रहेको, तर बढुवामा अन्याय भएको भन्दै तिम्सिनाले गत आइतबार राजीनामा दिएका थिए।

सम्बन्धित समाचार : आभूषण तिम्सिनाले दिए राजीनामा

बढुवा समितिले गत साता १८ एसपीलाई बढुवा सिफारिस गरेको थियो। 

सम्बन्धित समाचार : १८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

उनको राजीनामा स्वीकृत भएसँगै प्रहरीमा एसपीका २२ पद रिक्त भएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस