प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकारले दिए राजीनामा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकारले दिए राजीनामा


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । 

बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन स्वीट्जरल्याण्ड जान प्रधानमन्त्रीले उनलाई सल्लाहकार बनाएका थिए । 

सो पदलाई प्रधानमन्त्रीले निरन्तरता दिन सकिने भएपनि उनले सेवा सुविधा लिन उचित नलागेकाले राजीनामा दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस