शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ : प्रधानमन्त्री प्रचण्ड  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ : प्रधानमन्त्री प्रचण्ड 


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन् । आज दिउँसो कार्यालय सिंहदरवारमा वाइसियल नेपालद्वारा पेस भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भने, “सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार सङ्क्रमणकालीन न्यायको मान्यता अनुरूप शान्ति प्रक्रिया टुङ्ग्याउन सहमत छन् । केही प्राविधिक कारणले मात्र रोकिएको हो ।”

उनले जनताका पक्षमा राम्रा कामहरूको सुरुवात भएकाले त्यसको जनतामा प्रचार गर्नुपर्ने बताए । उनले वाइसियलका युवाहरूले राखेको मागहरूमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिवर्तनको रक्षाका लागि युवाहरू सचेत र सजग हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले अलिकति राजनीतिक उतारचढावका कारण सोचे जस्तो गरी काम गर्न नसकेपनि सरकारको पूर्णतासँगै कामले गति लिने बताए ।

वाइसियल नेपालले व्यवस्था विरोधी अराजक गतिविधिहरूको नियन्त्रण, संविधानको रक्ष, विकास र व्यवस्थाको सुदृढीकरण, जनयुद्ध, जनआन्दोलन लगायतका व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा बलिदान दिने सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा र तिनका परिवानजनहरुलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापन गर्नुपर्ने, अर्थतन्त्रमा देखिएको सङ्कट मजबुत बनाउन पहल लिनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र पेस गरेको छ ।

सम्बन्धित समाचार : गणतन्त्र विरोधी प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

Tags :
प्रतिक्रिया दिनुहोस