लगानी सम्मेलनले नेपाल आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ : अर्थमन्त्री पुन   « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

लगानी सम्मेलनले नेपाल आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ : अर्थमन्त्री पुन  


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए । 

उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा भएका सुधार र कामबारे जानकारी गराउनु, लगानी सम्मेलनका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेकोमा जोड दिए । 

नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस