राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१’ जारी गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस