२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र विरोधी प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । योङ कम्युनिस्ट लीग (वाइसीएल)ले नेपाली जनताको अथक सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले केही दिनयता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मङ्गलवार ज्ञापनपत्र बुझाउँदै वाइसीएलले षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणको लागि नेपाल सरकार समक्ष माग गरेको हो । 

सो सङ्गठनले शान्ति प्रक्रियाका बाँकी कामहरूको निरूपण गर्न, द्वन्दकालिन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरी सङ्क्रमणकालीन न्यायको बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण विषयहरूको निरूपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्‍याउन समेत सरकार सरकार समक्ष जोडदार माग गरेको छ । 

‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने महान् योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनको लागि जोडदार माग गर्दछौँ’, ५ बुँदे ज्ञापनपत्रमा भनिएको छ ।