बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । बझाङमा सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेश सभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ ।

उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस