मेयरमा उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेयरमा उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट


१३ बैशाख २०७९, मंगलबार


नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट उठ्ने भनेका भुसालले सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नपाएका हुन् ।

देवचुली नगरपालिकाकै स्थानीय रहेका उनले केही समय नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका थिए।

काँग्रेसले देवचुलीमा अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ। माओवादी केन्द्रलाई उपमेयर दिएर दुई दलबिच नगरपालिकामा गठबन्धन भएको छ।

सम्बन्धित समाचार : उपसचिव राजीनामा दिएर मेयरमा उम्मेदवारी

Tags :
प्रतिक्रिया दिनुहोस