लगानी सम्मेलनमा स्वीकृत भयो ९ अर्ब १३ करोड लगानी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

लगानी सम्मेलनमा स्वीकृत भयो ९ अर्ब १३ करोड लगानी


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । उद्योग विभागले लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ ।

विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो ।

विभागका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको छ ।

यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको छ ।

यसैगरी ललितपुरमा होटेल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस