५० करोडसम्म लगानी स्वीकृतिका लागि ‘अटोमेटिक रुट’को उद्घाटन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

५० करोडसम्म लगानी स्वीकृतिका लागि ‘अटोमेटिक रुट’को उद्घाटन


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ ।

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली-२०७७ को पहिलो संशोधन गरेको थियो ।

७ वैशाखमा राजपत्रमा प्रकाशित भएको संशोधित नियमावली शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था छ ।

सोही अनुसार विभागले लगानी सम्मेलनमा उक्त प्रणालीको सुरुवात गरेको हो । उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको जनाएको छ ।

विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट सोमबारदेखि नै आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस