सञ्चार मन्त्री शर्माले भनिन्-सूचना प्रविधि आर्थिक समृद्धिको उदीयमान क्षेत्र « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सञ्चार मन्त्री शर्माले भनिन्-सूचना प्रविधि आर्थिक समृद्धिको उदीयमान क्षेत्र


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रूपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिइँदै आएकोमा अब नयाँ आधारको रूपमा सूचना प्रविधि थपिएको बताएकी छन् ।

तेस्रो लगानी सम्मेलनअन्तर्गत सोमबार भएको ‘आईसीटीः भाइब्रेसन इन्भेस्टमेन्ट प्लेटफर्म’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले अब सूचना प्रविधि आर्थिक समृद्धिको नवीनतम र उदीयमान आधारको रूपमा स्थापित भएको बताएकी हुन् ।

‘हामीले लामो समयदेखि नेपालमा कृषि, जलस्रोत र पर्यटनलाई आर्थिक समृद्धिको आधार मान्दै आएका छौँ र यसकै आधारमा गरिने उत्पादन र उत्पादकत्व वृद्धिलाई आर्थिक विकासको सूचकको रूपमा हेर्दै आएका छौँ,’ मन्त्री शर्माले भनिन्, ‘अब हामीले आर्थिक विकासको थप आधारको रूपमा सूचना प्रविधिलाई जोडेर लैजाने नीति अख्तियार गर्नु जरुरी छ । सरकार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमार्फत कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, वित्त, सहरी पूर्वाधारलगायत सबै क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्न चाहन्छ ।’

उनले संसारकै उच्च हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउने अभियानमा साथ दिन आह्वान गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस