६ लाख घुससहित पक्राउ परेका मालपोत प्रमुखविरुद्ध मुद्धा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६ लाख घुससहित पक्राउ परेका मालपोत प्रमुखविरुद्ध मुद्धा


४ चैत्र २०७७, बुधबार


सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीसहित दुई जना विरुद्ध बुधवार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

सिमरा बाराका मालपोत कार्यालयका प्रमुख मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडालविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी गराए ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनी रजिस्ट्रेसन पास गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई ६ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ

अनुसन्धानको सिलसिलामा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँबानेश्वरमा रोक्का भएको र त्यसका लागि खर्चिनु पर्ने भन्दै सेवाग्राहीसँग मोलमोलाइ गरी आफ्नो पदको दुरुपयोग गरी बदनियत मनसायले घुस माग गरेको पुष्टि हुन आएको प्रवक्ता रिसालले जनाएका छन् ।

दुबै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड९ङ बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस