सुलभ अग्रवाल विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुलभ अग्रवाल विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता


१६ बैशाख २०७७, मंगलबार


काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । यससँगै अब उनको कसुर अदालतले हेर्ने भएको छ ।

कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ मा उल्लेखित कसुरमा एक वर्ष कैद सजायको व्यवस्था भएकाले यो जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भए पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरूप अग्रवालविरुको मुद्दा जिल्ला अदालत, काठमाडौँको क्षेत्राधिकारमा पुगेको हो ।

उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी गरेका, कृत्रिम अभाव सिर्जना गरेको र २० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचबिचन गरेको गरी तीनवटा कसुर लगाइएको छ।

अग्रवाल किर्गिस्तानका अवैतनिक वाणिज्य दूतसमेत रहेका थिए । सोही सुविधाबापत पाउने गाडीको दुरुपयोग गर्दै महामारीका बेला कालोबजारी गर्दैगर्दा समातिएका थिए

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

सम्बन्धित समाचार : विश्व महामारीमा कन्सुलरको कालो धन्दा !

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्रीको कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : राज्यमन्त्री दुगढ कालोबजारीया छुटाउन कुदेकै हुन् त ?

सम्बन्धित समाचार : कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा

सम्बन्धित समाचार : सुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

अग्रवालले चीनबाट ज्वरो नाप्ने थर्मल गन ल्याएर महँगोमा विक्री गरेका थिए । सामान्यतया ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजारसम्ममा अग्रवालले विक्री गर्ने गरेका थिए । प्रहरीले ग्राहक बनेर डिल गर्दा उनी कूटनीतिक नियोगको २०९ एचसीसी १ नम्बर(नीलो नम्बर प्लेट) को गाडीमा राखेर थर्मल गन राखेर बिक्री गर्न आएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस