अति महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अति महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर


४ असार २०७६, बुधबार


१.जयतू संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
– वि.सं. २००४ असार १
२. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एकदिन’ नामक शैक्षिक अभियान कुन प्रदेशले सञ्चालन गरेको छ ?
–प्रदेश ५ (२०७५ पुष १६ देखि)
३. बाल तथा मातृ मृत्युदर कम गर्ने उदेश्यका साथ ‘शून्य होम डेलीभरी अभियान’ सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
– मालिका गाउँपालिका गुल्मी (अभियान अन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झन्डा गाड्ने गरिएको)
४. मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?
– सुदूरपश्चिम
५. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गर्ने निर्णय गरेको हो ?
–वि.सं. २०७४ साउन १
६. साङ्घाई सहयोग सङ्गठन (एससीओ) का सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
– आठ
७. सरकारद्वारा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
–गैर आवासीय नेपाली महासङ्घ (एनआरएन)
८. नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद अधिवेशन कुन् हो ?
– वि.सं. २०७३ वैशाख २१ देखि २०७४ जेठ ४ सम्म चलेको अधिवेशन (यो अधिवेशन ३८१ दिन सम्म चलेको थियो ।)
९. गृहमन्त्रालयले कति जातिलाई अल्पसंख्यक भनी तोकेको छ ?
–९८ (विसं २०७४ वलैशाख ८)
१०. बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ?
– जुन १२
११. वि.सं. २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारुपको अवधि कुन हो ?
– वि.स. २०७२–२०८७
१२. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली (इबीपीएस) को सुरुवात कहिलेदेखि भयो ?
– वि.स. २०७२ मंसिर २०
१३. नेपालमा २०७४ मा सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्व कति प्रतिशत रहेको छ ?
– ३६.२८ प्रतिशत
१४. नेपालमा सामाजिक सुरक्षा कर कुन आर्थिक वर्षदेखि लिन सुरु गरिएको हो ?
– आर्थिक वर्ष २०६६/६७
१५. नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच शूनय लागतमा नेपाली श्रमिक जान पाउने गरी नयाँ श्रम समझदारी (एमओयु) कहिले भएको हो ?
– सन् २०१९ जुन १४
१६. मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत उत्पादन परीक्षण कहिले गरिएको हो ?
– वि.सं. २०७६ जेठ २६
१७. लामो समयदेखि निर्माण गर्ने चर्चामै सीमित हुँदै आएको कर्णाली–चिसापानी बहुउदेश्यीय आयोजनाको विद्युत् उतपादन क्षमता कति रहेको छ ?
– १० हजार ८०० मेगावाट
१८. नेपालमा कुन वर्षलाई घुमफिर वर्षका रुपमा मनाइयो ?
– वि.स. २०७३
१९.सरकारले ‘सुक्षित मातृत्वसम्बन्धी विशेष अभियान सञ्चालन वर्ष’ का रुपमा कुन वर्षलाई घोषणा गरेको हो ?
– वि.सं. २०७५ (वैशाख पहिलो सातादेखि अभियान प्रारम्भ गरियो ।)
२०. २०७५ सालको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गरियो ?
–दक्षिणायान (निबन्ध), इल्या भट्टराई
२१. सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
–वि.स. २०७५ मंसिर १७
२२. नेपालमा जन्म, मृत्यु, विवाह, बसाइँ–सराइ आदिको दर्ता कहिलेदेखि सुरु भएको हो ?
– वि.स. २०३४ बैशाख
२३. डेमोग्राफी भन्नाले के बुझिन्छ ?
– जनसंख्यासम्बन्धी अध्ययन गर्ने शास्त्र
२४. नेपालमा हालसम्म भएका सार्क शिखर सम्मेलन कुन्–कुन् हुन् ?
– तेस्रो, एघारौं र अठारौं


स्रोत :गोरखापत्र

र,  थप वस्तुगत प्रश्नको लागि  यो पनि पढ्नुहोस्

नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन् हो ?

वस्तुगत प्रश्नहरु  

विश्वको कुन नदीलाई ‘तरल इन्द्रेणी’ भनी चिनिन्छ ? 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस