मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन् « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन्


८ माघ २०७३, शनिबार


सक्षम, इमान्दार र कर्तव्यनिष्ठ एकजना राष्ट्रसेवक कर्मचारीको सम्मानका लागि एकाउन्टविलिटी ल्याबले हरेक वर्ष प्रदान गर्ने इन्ट्याग्रिटी आइडल नेपाल २०१६ को उत्कृष्ठ पाँचजना भित्र परेपछि एकाएक चर्चामा आएका डा.भीष्मकुमार भूसालको परिचय एक भ्रष्टाचार बिरोधी, स्वच्छ छवी, इमान्दार र सेवाग्राहीसँग भिज्नसक्ने राष्ट्रसेवक कर्मचारीमा मात्र सीमित छैन, समाजको वास्तविकतालाई साहित्यमार्फत शसक्त ढंगले प्रस्तुत गर्नसक्ने खुवीका कारण पनि अलग पहिचान बनाएका कवि पनि हुन् । अर्घाखाँची जिल्लाको जुकेना गाविस वडा नं. २ मा जन्मिनुभएका डा.भूसाल पेसाले नेपाल सरकारका उपसचिव हुन् । धार्मिक कुरीति, सामाजिक विभेद, अन्याय, अन्धविश्वास, भ्रष्टाचार र कामचोर प्रवृत्तिका कटुआलोचक रहेका भुसालसँग हाम्रा विशेष प्रतिनिधि एस राज उपाध्यायले साहित्यिक यात्राबारे छोटो कुरा गरेका थिए । प्रस्तुत छ सम्बादको सम्पादित अंशः

 

एक कर्मचारीको बुझाइमा के हो साहित्य ?
साहित्य कर्मचारीका लागि छुट्टै र आमनागरिकका लागि छुट्टै हुँदैन । दृष्टिकोण, जीवनपद्धति र समाजप्रति हेर्ने हेराईलगायत आफु भित्रका कुराहरुको उकुसमुकुसलाई पोख्ने एउटा तरिका हो साहित्य । त्यति मात्र नभएर साहित्य त एउटा आन्दोलनको उपाय पनि हो । समाज रुपान्तरणका लागि एउटा माध्यम पनि हो । तर यो कर्मचारीको लागि साहित्य अलग अरुको लागि साहित्य अलग चाहिं हुदैन, किनकी एभ्री ह्युमन विइङ् दे डु ह्याभ सर्टेन सेन्स अफ लिट्रेचर हुन्छ ।

जागिरे दैनिकिका बीचबाट कसरी जन्मिन्छन् रचना ?
रचना जन्मिनका लागि बीउहरु चाहिन्छ । जागिरे जीवनमै म यतिधेरै बीउहरु देखिरहेको हुन्छुकी बरु रोप्ने कतिवेला भन्ने भएको हुन्छ । मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन् । म घरबाट कार्यालय जाँदा वा कार्यालयबाट घर आउँदै गर्दा बाटैमा जन्मिन्छन् । मैले ड्राइभ गरिरहेको बेलामा जन्मिन्छन् । यसको मतलव मैले आफ्नो गाडी अथवा मोटरसाइकल ड्राइभ गरिरहेको मात्र हुदैन की कथाको प्लटलाई पनि ड्राइभ गरिरहेको हुन्छु । जतिवेला कागजमा पोख्न भ्याइन्छ, टाइप गर्न भ्याइन्छ त्यतिबेला सार्छु । त्यसको खाका दिमाकमा बसिसकेको हुन्छ । त्यसैले मेरो हकमा यात्रामै जन्मिन्छन् रचनाहरु ।

यहाँका रचनामा खास कस्ता विषयले जन्म लिन्छन् ?
मेरो पहिलो प्राथमिकता जहिले पनि कुशासनकाविरुद्ध हुन्छ । भ्रष्टाचारदेखि विभिन्न कुरीतिकाबिरुद्धमा हुन्छन् । दोस्रो सामाजिक बेथितिकाविरुद्ध हुन्छ, जस्तोः बोक्सी प्रथा, छुवाछुत, उचनिचको कुरा गरिरहेका छौ यसकै विरुद्ध हुन्छ र तेस्रो पाटो भनेको यी सबैबाट कसरी मान्छेलाई सकारात्मक सन्देश दिन सकिएला अर्थात् कसरी जागृत गराउन सकिएला भन्ने किसिमको कुराहरु हुन्छ र कहिलेकाहिं माया प्रेमका कुराहरु पनि आउछन् है, एज ए ह्युमन बिइङ् ।

यहाँको प्रश्नहरुमा राष्ट्रबादका कुरा पनि निकै देखिन्छन्, राष्ट्रवादको यो खडेरीमा तपाइका रचनाहरु जीवितै छन् त ?
मेरा रचना जिवित छन् या छैनन् भन्ने कुरा पाठकहरुले मुल्यांकन गर्ने कुरा हो तर कतिपय कुराहरु जो मैले लेखेको छु, तिनको अवसान कैले हुन्न भन्ने कुरापनि म विश्वस्त छु ।

यहाँको कविताले सन् २०१३ को अन्तराष्ट्रिय पुरस्कार पनि जितेको थियो के थियो त्यो कवितामा त्यस्तो ?
त्यो कवितामा भ्रष्टाचारविरुद्ध कसरी जागरण ल्याउने होला भनेर एउटा कुनै भ्रष्ट बाउको छोरोले जुन किसिमको समाजबाट प्रतिकृयाहरु पाइरहेको हुन्छ, त्यसले उसलाई पोलेर उसले बाउलाई एउटा सन्देश दिइरहेको हुन्छ : अव यस्तो नगरौ, हामी जे खाइरहेका छौ, जुन महलमा बसिरहेका छौ, त्यसले कतिको घर उजाडिएको छ, कतिको जीवन गएको छ भन्ने कुराको अनुभुति गरेर बाउसित गरेको एउटा पुगार थियो त्यो । जुन पहाड उचाल्ने परेलाहरु कविता संङग्रह भित्र बा सँगका बिलौना भन्ने शीर्षकमा संग्रहित छ ।

पहाड उचाल्ने परेलाहरु कविता संग्रहमा एउटा बुढोको चिट्ठी निकै चर्चित भयो ? कुन परिवेसमा लेखिएको थियो ?
म पहिलोचोटी जव सरकारी नियुक्ति लिएर घरबाट जागिरका लागि प्रस्थान गर्दै थिएँ, हाम्रो परिवारमा घरबाट बाहिर जाँदा अथवा फर्केर आउदाखेरी बुवा आमालाई ढोग्ने गर्छौ, आशिर्वाद लिने गर्छौ । म पिताजीलाई ढोगेर हिड्दै गर्दा पिताजीले जागिरमा सबैकुरा गर्नु तर भ्रष्टाचार गर्यो फलानाका छोराले भन्ने सुन्दाको दिन मेरो छोरो मर्यो भन्छु भन्ने आशिरबचन दिनुभयो । बुवाको त्यहीं आशिर्वाद बचनले नै मेरो जागिरे जीवनलाई निर्देशित गर्यो । त्यसैलाई विम्व बनाएर मैले एउटा बुढोको चिठी भन्ने कविता लेखे हुँ ।

 

र यो पनि, 

आँट, प्रतिवद्धता र सर्मपण छ भने सरकारी जागिरमा प्रवेश गरेपछि कहिल्यै पछुताउनु पर्दैन

मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन्

कर्मचारीलाई पेशाप्रति होइन दलप्रति निष्ठावान होउ भन्यो

Tags :
प्रतिक्रिया दिनुहोस