आँट, प्रतिवद्धता र सर्मपण छ भने सरकारी जागिरमा प्रवेश गरेपछि कहिल्यै पछुताउनु पर्दैन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आँट, प्रतिवद्धता र सर्मपण छ भने सरकारी जागिरमा प्रवेश गरेपछि कहिल्यै पछुताउनु पर्दैन


२० माघ २०७३, बिहिबार


अधिकांश मानिसहरूको बुझाइमा सत्य नै यही हो कि जस्तै लाग्ने एउटा भनाइ रहेको छ कर्मचारी भनेको भ्रष्टहरूको झुन्ड हो, यिनीहरूलाई पैसा नदिईकन वरको फाइल पर सार्दैनन् । एक हदसम्म यो वास्तविकता पनि हो तर पूर्ण रूपमा यही नै सत्य पनि होइन र यो पूर्ण असत्य पनि होइन । जति खराब आचरणका कर्मचारीको आलोचना गरिन्छ त्यति राम्रा कर्मचारीलाई प्रोत्साहन गर्न नसकेकै परिणाम हुनुपर्छ, धेरै राम्रा कर्मचारीहरू थोरै नराम्रा कर्मचारीहरूको कारण आलोचित हुनु परेको छ । हरेक क्षेत्रमा नकारात्मकता बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा सक्षम, इमानदार र कर्तव्यनिष्ठ कर्मचारीसँगको अन्तरक्रियाले केही हदसम्म कर्मचारीलाई हेर्ने आमजनताको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ । आफू  उदाहरण बन्दा त्यसले आफैलाई सन्तुष्टि दिनुका साथै अरूलाई पनि प्रेरित गर्छ भन्ने कुरालाई मुलमन्त्र बनाउँदै आएका नेपाल सरकारका उप सचिव डा. भीष्मकुमार भूसाल त्यस्तै प्रेरणाका पात्र बन्न सक्छन् । जागिर प्रतिको उनको बुझाइ र काम गराई रोल मोडेल बन्न सक्छ । सक्षम, इमानदार र कर्तव्यनिष्ठ एक जना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकान्ट्याविलिटी ल्याबले हरेक वर्ष सञ्चालन गर्ने इन्ट्याग्रीटी आइडल को तेस्रो संस्करण इन्ट्याग्रीटी आइडल नेपाल २०१६ का उत्कृष्ट पाँचमा परेपछि अझ बढी चर्चामा आएका डा. भूसालसंग जागिर बारेमा सिद्धराज उपाध्यायले छोटो कुराकानी गर्नुभएको छ । प्रस्तुत छ संवादको सम्पादित अंश:

के हो जागिर ?
कुनैपनि संस्थाले यो समय भित्र रहेर यो काम गर्नु भनेर दिएको नियुक्ति हो जागिर भन्ने किसिमको परम्परागत बुझाईभन्दा फरक मान्यता राख्छु मैले । यदि सरकारी जागिरको कुरा गर्ने हो भने कानूनले नै सबै समय सरकारको रहने छ भनेको छ तर हामीले १०/०५ अथवा १०/०४ जे हो त्यस भित्रको प्रकृयालाई जागिर भन्ने गरेका छौं । म त्यसरी बुझ्दिन । त्यसैले मेरो बुझाइमा जागिर भनेको राष्ट्रले सुम्पेको जिम्मेवारी इमान्दारीतापूर्वक आफ्नो क्षमताले भ्याएसम्मको उर्जा प्रयोग गरेर कुनै पनि समयको बन्धनमा नहरी लक्ष्य हासिल गर्नका लागि गर्ने काम हो ।

किन खाने जागिर ?
बडो जटिल प्रश्न गर्नुभयो । पक्कैपनि जागिरको सुरुवात जिविकाबाट हुन्छ, तर त्यसमा जुन जिम्मेवारी÷अख्तियारी संस्थाले सुम्पेको हुन्छ, त्यो भनेको आफ्नो जिविकोपार्जनभन्दा माथि उठेर आफ्नो जिम्मेवारीबाट प्रभाव पर्ने जतिपनि व्यक्ति हुन्छन्, जतिपनि नागरिक हुन्छन् उनीहरुको जीवनशैली÷जीवनचर्यालाई सहज बनाउनका लागि गरिने प्रयत्नका लागि काम गरिन्छ भने त्यो साँच्चैको जागिर हो र त्यो जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नका लागि जागिर खाने हो भन्ने मलाई लाग्छ ।

जागिर खानका लागि चाहिने पाँचवटा गुणहरु बुँदागत रुपमा भनिदिनुस् न ?
१. आफ्नो पेशाप्रतिको निष्ठा चाहियो ।

२. पेशाप्रति निरन्तरको लगाव अथवा समर्पण हुनुपर्यो ।

३. नागरिकप्रति सम्मान हुनुपर्यो । नागरिकको सम्मानको सधै सुरक्षा गर्नुपर्छ ।

४. भ्याल्यू फर मनी भन्छ, राज्यको लगानीको अथवा नागरिकहरुको लगानीको मूल्यप्रति सधै संवेदनशील हुनुपर्छ । र,

५. असीमित समय र असीमित प्रयत्न चाहिन्छ किनकी समय आवद्धता भन्ने कुरामा म विश्वास राख्दिन ।

यी पाँचवटा कुरा नभइकन परिवर्तन आउने खालको जागिर गर्न सकिदैन ।

जागिरे जीवनका पाँच सुन्दर पक्ष चार खराव पक्ष भनिदिनुस् न ?
सकरात्मक पक्ष
नम्बर एकः खासगरी मैले सरकारी जागिरकै कुरा गर्न चाहे भने यसमा प्रवेश गरेर यहाँले धेरै व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ ।

नम्बर दुईः यदि आफुलाई स्वच्छ छविमा राख्न सक्नुहुन्छ भने समाजले दिने सम्मान छ अमुल्य छ ।

नम्बर तीनः जागिर शक्ति हो । सरकारी जागिरमा जहिले पनि शक्ति बसिरहेको हुन्छ । मैले यसलाई कसरी जोड्न चाहन्छु भने ह्वाई गर्भरमेन्ट अफिसियल्स क्यान वर्क वीथ लिमिटेड पेमेन्ट भन्छ नि, हो त्यो भनेको त्यसको ब्यालेन्स पावरसित जोडिरहेको हुन्छ । रकम थोरै पाएपनि पावर एक्सरसाइज गर्न यहाँले पाउनुभयो भने त्यसले मोटीभेट गरिरहेको हुन्छ ।

नम्बर चारः देश विदेशमा प्रतिनिधित्व गर्दाखेरी म राष्ट्र हो भने फिलिङ्स आउँछ, म देशको प्रतिनिधित्व गर्दैछु भन्ने जुन गर्व आउँछ त्यो आफैमा अमुल्य छ । र,

नम्बर पाँचः सामाजिक सुरक्षा छ । पोष्ट रिटायर्डमेन्टपछि पनि बुढेसकालमा के गर्नेहोला भन्ने अवस्था रहँदैन ।

नकरात्मक पक्ष
१. संसारको जुनसुकै व्युरोक्रेसी पनि कानूनले बाँधिएको हुन्छ । रचनात्मक भूमिका क्रिएटिभ रोल ब्यान्डिङ् भन्छ त्यो भनेको कानून चाहिं छ तर जनताको हितमा यदि त्यसले रोक्छ भने त्यसलाई सिर्जनशील तरिकाले कसरी डिस्ट्रोड गर्ने भन्नेहुन्छ । आपूmलाई लागिरहेको हुन्छ की यो कानूनले गर्दा वास्तविक पिडितले राहत पाउन सकिरहेका छैनन् । तपाई जान्नुहुन्छ तर कानूनको प्रावधानले गर्दाखेरी केही पनि गर्न सक्नुहुन्न । कानुनले बाँधिएर कहिलेकाँही जब निरीह हुनुपर्छ त्यो एकदम पीडादायी हुन्छ ।

२.संसारको सबै व्युरोक्रेसीलाई समाजले हेर्ने दृष्टिकोण एउटै हुन्छ । ब्यूरोक्रेसी रेड टेप हुन् अर्थात् लालफित्ताशाही, ढिलासुस्तीलगायत कर्मचारीप्रति जुन सोच हुन्छ त्यसले निरन्तर खटेर, एकदमै कटिबद्ध, दत्तचित्त भएर काम गर्ने कर्मचारीहरुमा हामीप्रतिको कति नकारात्मक सोच हो समाजको भन्ने किसिमको अ काइन्ड अफ डिमोरलाइजेसन हुन्छ ।

३.यदि साच्चै मैले अघि जागिरको परिभाषा जस्तो तवरले जागिर गर्ने हो भने तपाइले परिवारलाई समय दिनै भ्याउनुहुन्न । यो पुरै राष्ट्रै मेरो परिवार हो, देशकै नागरिक मेरा परिवार हुन् भन्ने किसिमको त्यो स्तरको सोचाइमा नपुग्ने हो भनेदेखि पारिवारिक जीवन छैन । कार्यालय समय भन्ने नै हुँदैन । शनिवार भन्ने हुँदैन ।

४.तपाइसँग असीमित क्षमता छ । बाहिर गएर राम्रो कमाई गर्न सक्नुहुन्छ तर तुलनात्मक रुपमा खासगरी नेपालको सन्दर्भमा भन्ने हो भने तलव चाहिं असाध्यै कम हुन्छ । त्यो भन्दा निकै कम शैक्षिक योग्यता भएका र कम क्षमता भएकाले पनि निजी क्षेत्रमा अथवा बाहिर गएर राम्रो कमाई गरिरहेका हुन्छन् । त्यहाँ चाहिं कत्ति पो कमाउँछ र त्यसले भन्ने दृष्टिकोण रहेको पाइन्छ । आम्दानीका हिसावले पनि हाइइन्टिग्रीटी भएर काम गर्ने गर्दाखेरी इट इज डिफिकल्ट सर्भाइभ ।

असल, निस्ठावान र नैतिकवान कर्मचारीमा लागि हुनुपर्ने पाँच गुणहरु ?
नम्बर एकः परिवारबाट माथि उठ्नुपर्छ ।

नम्बर दुइ: पारदर्शीता सुनिश्चित गर्नुपर्छ ।

नम्बर तीन: सेवाग्राहीसँग समभावको व्यवहार गर्नुपर्छ । जस्तोः कुनै पनि कामले आउने व्यक्तिको ठाउँमा म उभिराखेको भएदेखि यताको कुर्सीमा बस्नेसँग मैले के अपेक्षा गर्थें भन्ने कुरालाई मनन् गर्दै त्यस किसिमको कम्पासनको भावना हुनु प¥यो ।

नम्बर चार: अप्स एण्ड डाउनबाट विचलित हुनुहुँदैन । जस्तोः प्रतिकुल अवस्था आयो, यहाँबाट त्यहाँ सरुवा भयो अथवा के भयो भनेर विचल्लित हुनुहुदैन । नेपाली कर्मचारीतन्त्रमा प्रत्येक ठाउँमा सुधारका ठाउँ छन् ।

नम्बर पाँचः बायसनेस हुनु हुँदैन । कुनै राजनीतिक पार्टीबाट निर्देशित भएर अथवा नातागोता भनसुनबाट प्रभावित भएर गर्नु हुँदैन ।

सरकारी जागिर प्रति आकर्षित युवा युवतिका लागि तपाईका पाँच टिप्सहरु ?
पहिलोः आर्थिक हिसावले ठूला अपेक्षा लिएर नआउनुहोस् । अहिले सुरुमै बाटो बदल्नुस् । यदि हैन मैले सरकारी सेवामा गएर पैसा कमाउछु भन्ने सोच छ भने देखि दिस इज नट द एप्रोप्रियट प्लेस ।

दोस्रोः आफुलाई प्रोफेसनल बनाउने प्रयास गर्नुस् नकि कसैको आड लागेर जागिर खाने सरुवा हुने सोचबाट होइन । प्रोफेसनल मान्छेका लागि ब्यूरोक्रेसीमा जहाँ पनि सुधारका ठाउँ हुन्छन्, प्रयाप्त काम गर्न सक्ने ठाउँ छ ।

तेस्रोः पहिले नै एउटा सपना बोकेर आउनुस् । म त्यहाँ गएँ भने यो कुरा सुधार गर्छु भन्ने कुराको सपना सुरुदेखि नै बोकेर आउनु पर्छ ।

चौथोः सरकारी जागिरमा पुगिसकेपछि म यस किसिमको लाभ लिउँला भन्नुभन्दा पनि यस किसिमको लाभ मैले प्रदान गर्न सक्छु भन्ने सोच राख्नुपर्छ ।

पाँचौः सरकारी सेवालाई गर्व महसुस गरेर प्रवेश गर्नुस्, सुरुदेखि नै लघुताभासले होइन किनकी देशको ट्रान्सफरमेसन गर्नसक्ने शक्ति, त्यो ठाउँमा पुग्ने क्षमता अर्थात फ्रन्टलाईनमै काम गर्दा खेरी पनि हजारौ लाखौको अनुहारमा मेरो कारणले म खुसी ल्याउन सक्छु भन्ने आँट, प्रतिवद्धता र सर्मपण बोकेर आयो भने यहाँ भित्र प्रवेश गरेपछि कहिल्यै पछुताउनु पर्दैन ।

 

र यो पनि, 

आँट, प्रतिवद्धता र सर्मपण छ भने सरकारी जागिरमा प्रवेश गरेपछि कहिल्यै पछुताउनु पर्दैन

मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन्

कर्मचारीलाई पेशाप्रति होइन दलप्रति निष्ठावान होउ भन्यो

Tags :
प्रतिक्रिया दिनुहोस