सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ३ जना पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ३ जना पक्राउ


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा बरामत गरिएको ६१ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा (नासु) द्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले प्रशासनलाई बताए । 

सुन तस्करी प्रकरणमा सङ्गठित अपराधको कसुरमा अनुसन्धान जारी राखेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले तिनै जना कर्मचारीलाई शनिबार नियन्त्रणमा लिएको हो।

करिब ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो ।

यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा अरू कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा हालसम्मा पक्राउ पर्नेको संख्या ३१ पुगेको सीआइबीले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस