विमानस्थलबाट सुनसहित एक युवा पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

विमानस्थलबाट सुनसहित एक युवा पक्राउ


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवा पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो ।

ब्रासलेट र औँठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनीबाट बरामद भएको छ । पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस