बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले शुक्रबार दिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले शुक्रबार दिने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ।अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।

राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८०(८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस