इमान्दार र अनुशासित भएर काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको आग्रह « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

इमान्दार र अनुशासित भएर काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको आग्रह


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन्।

बिहीबार आन्तरिक राजश्व विभागका प्रमुखहरूको समीक्षा बैठकमा अर्थमन्त्री डा. महतले राजस्व सङ्कलन गर्न जिम्मेवारी लिएका  कर्मचारीहरूलाई यस्तो आग्रह गरेका हुन्।

अर्थमन्त्री महतले राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कुचन, केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको बताए।

बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुराहरूलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस