महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् ।  

सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानी नोक्सानी भए नभएको विषयमा अझै गहन रूपले परीक्षण हुने विश्वास व्यक्त गरे । 

उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख भएको बताए । 

साथै उनले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जबाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस