मुलुकको परिवर्तनलाई उल्टाउन ठुलै कसरत हुदैछ : प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुलुकको परिवर्तनलाई उल्टाउन ठुलै कसरत हुदैछ : प्रचण्ड


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्टाउन ठुलै कसरत भइरहेको बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगायत समग्र मुलुकको परिवर्तनलाई उल्टाउन ठुलै कसरत भइरहेको बताएका हुन् ।

पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पेरिसडाँडामा बसिरहेको पार्टीको बैठकमा प्रचण्डले अहिले माओवादीको नेतृत्व सरकार रहेका कारण परिवर्तनहरू उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको बताए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र सङ्घर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने धारणा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस