तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । 

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । 

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठुलो भएँ भन्ने नसोच्नुस् । कुचीकारहरूले काम नगरे के होला रु उनीहरू बिना के अस्पताल सफा हुन सक्ला ? तपाईँहरूले अल्लि पढ्नुभएको होला । तलब पनि बढी होला तर तपाईँहरूलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरूलाई अपमान नगर्नुस् । उनीहरूले हेपिएको महसुस नगरुन् ।’

डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गरेका मन्त्री चौधरीले बिरामीले दुःख नपाउन्, उनीहरूको उपचार समयमै होस् भन्दै थप जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिए । नव निर्मित भवनको सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस