बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना 


१६ बैशाख २०८१, आइतबार


बझाङ । बझाङ-१ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै छ । मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणना स्थल पुर्‍याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो । 

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका-३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म सङ्कलित विवरणअनुसार बझाङमा कूल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस