इलाम-२ मा ११ बजेपछि मतगणना हुने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा ११ बजेपछि मतगणना हुने


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । इलाम क्षेत्र-२ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना आइतबार (आज) ११ बजेबाट सुरु गर्ने निर्णय भएको छ । 

मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।  गणना फाकफोकथुम गाउँपालिकाबाट सुरु हुनेछ ।

सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् शनिबार (हिजो) उपनिर्वाचन भएको हो ।  प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको मतगणना आजबाट सुरु हुँदै छ । 

Tags :
प्रतिक्रिया दिनुहोस