काभ्रे नमोबुद्ध नगरको मेयरमा काँग्रेस, उपमेयरमा माओवादी निर्वाचित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काभ्रे नमोबुद्ध नगरको मेयरमा काँग्रेस, उपमेयरमा माओवादी निर्वाचित


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिकाको मेयरमा काँग्रेसका कुनसाङ लामा विजयी भएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार मेयरमा लामा १२ हजार २११ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजन भुर्तेलले ५ हजार २२ मत मात्रै प्राप्त गरे ।

त्यसै गरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर लामा विजयी भएका छन् । उनले ८ हजार १८७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत ल्याइन् ।

यो नगरमा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । २०७४ को निर्वाचनमा यो पालिका एमालेले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस