२०८४ को निर्वाचनमा भाग लिने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

२०८४ को निर्वाचनमा भाग लिने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भएको छ ।

संघ र प्रदेश निर्वाचनलाई बहिस्कार गर्दै आएको नेकपाले समाजवाद स्थापनाका लागि निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको हो ।

नेकपाको पाँचौँ केन्द्रीय समिति बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै निर्वाचनमा भाग लिने जनाएको छ । ‘केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव सबै तरिका र माध्यमहरूलाई प्रयोग गर्ने निर्णय लिएको छ,’ निर्णयमा भनिएको छ, ‘त्यसका लागि २०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय लिएको छ । त्यसैगरी संविधानमा आमूल परिवर्तन गरेर, जनमतसंग्रह गरेर, जनताको लागत र पार्टीहरूका तागतलाई एकीकृत गर्दै संघर्ष गरेर पनि नेपाललाई समाजवादमा परिवर्तन गर्न जोड लगाइने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस